Online Bichar
आइतबार, फाल्गुण ०४, २०८१ | Sunday, February 16, 2025

गौरादह, ६ भदौ २०७९ । नेपालमा प्रतिबन्धित 1xBet application द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र खेलाउने झापाको दमक र कमल का गरि ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज(सोमबार)ईलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गर्दै अपराधी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दमक नगरपालिका-८ का २५ वर्षिय सत प्रकाश शाह र ३३ वर्षिय राजु लिम्बु, दमक-७ का २७ वर्षिय राजु श्रेष्ठ र कमल गाउँपालिका-२ का ३० वर्षिय अरुण कार्की रहेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

पक्राउ परेका साह पद्मा ईन्टरनेशनल कन्सल्टेन्सी सन्चालक हुन् । उनले अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application मार्फत पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकता बाट एनसेल को सिम झिक्ने सोही सिमबाट सट्टावाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवश्यक पर्ने इसेवा खाता खोली लाखौंको कारोबार गर्दै आएका साहले हालसम्म ८० लाख भन्दा बढीको कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाइएको छ ।

पक्राउ परेका श्रेष्ठ पनि पद्मा ईन्टरनेशनल कन्सल्टेन्सी सन्चालक हुन् । उनले अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application मार्फत पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेलको सिम झिक्ने सोही सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न इसेवा खाता खोली लाखौंको कारोबार गर्ने । कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि बिभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र तयार गर्दै आएको प्रहरीले जनाएको छ ।

यस्तै, पक्राउ परेका कार्की योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियो सन्चालक रहेका छन् । उनले अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application मार्फत पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेल को सिम झिक्ने सोही सिमबाट सट्टावाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न इसेवा खाता खोली लाखौंको कारोबार गर्ने । कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि बिभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र तयार गर्ने कार्य गर्दै आएका थिए ।

पक्राउ परेका लिम्बु British Army Training Center Damak का सन्चालक रहेका छन् । उनले पनि अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application मार्फत पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेल सिम झिक्ने सोही सिमबाट सट्टावाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न ईसेवा खाता खोली लाखौंको कारोबार गर्ने । कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि बिभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र तयार गर्ने तथा विद्यार्थीहरुको एसइइ को प्राप्त ग्रेड परिवर्तन गर्न लगाउने कार्य गर्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पक्राउ परेका उहिरुले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रुपमा अनलाईन गेमिङ मार्फत खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकता बाट एनसेल सिम झिकि सोही सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवश्यक पर्ने ईसेवा खाता खोली लाखौंको कारोबार गर्दै आएका उनिहरुले कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसइइ को प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरिएको भन्ने गोप्य सुचनाको आधारमा १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT शाखा, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रयासबाट उक्त गतिविधिमा संलग्न व्यक्तिहरुलाई  यहि ३ गते पक्राउ गरि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर र परिच्छेद २५ को लिखत सम्बन्धित कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

कसुर अनुसार उनिहरुलाई हुनसक्ने सजाय मुलुकी अपराध संहिता २०७४ को दफा १२५ “जुवा खेल्न वा सट्टाबाजी गर्नु गराउनु नहुने” भन्ने कसुरमा प्रयोग भएको विगो जफत गरी कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैया सम्म जरिबाना हुनेछ । भने, मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ ९ग० अनुसार सरकारी वा सार्वजनिक लिखत कीर्ते  गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार सम्म जरिवाना हुने जनइएको छ ।

बरामद दशी :-

कसुरदार सत प्रकाश साहको कोठाबाट बरामद भएका दशी:

१. प्रयोगमा ल्याईएका २४४ थान NCELL का सिमहरु

२. बिभिन्न कम्पनीका ९ थान मोबाईल 

३. Lenovo कम्पनीको ल्यापटप थान-१ 

४. Dell कम्पनिको ल्यापटप थान-१ 

कसुरदार राजु श्रेष्ठ समेतले संचालन गरेको पद्मा (Padma) ईन्टरनेशनल कन्सल्टेन्सी बाट बरामद दशीहरु

१. प्रयोगमा ल्याईएका ३५ थान NCELL का सिमहरु

२. प्रयोगमा नल्याईएका ४५ थान NCELL का सिमहरु

३. सिम नम्वर ९८१४९१५७४९ प्रयोग भएको सेतो रंगको I-Phone 11 मोवाईल थान-१(एक) 

Zillion लेखिएको सि.पि.यु.(CPU) थान-१(एक) । 

४. Dell लेखिएको गाढा निलो रंगको ल्यापटप थान-१(एक) । 

५. Prajapati Sapkota Ward Chairman Damak-2 लेखिएको स्ट्याम्प थान-१(एक), Head Teacher लेखिएको स्ट्याम्प थान-१(एक), Dik Bahadur Gurung लेखिएको स्ट्याम्प थान-१(एक) र Madi Municipality 3 No. Ward Office, Sankhuwasabha लेखिएको स्ट्याम्प थान-१(एक) । 

कसुरदार अरुण कार्कीले संचालन गरेको फोटो स्टुडियोबाट बरामद दशीहरु :

१. बिभिन्न कम्पनिका ९ थान मोबाईल 

२. HP लेखिएको गाढा निलो रंगको ल्यापटप थान-१(एक) 

३. Government Of Nepal Ministry Of Education समेत लेखिएको स्ट्याम्प थान-१(एक), नेपालको निशान छाप भएको स्ट्याम्प थान-१(एक), नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्ड लेखिएको स्ट्याम्प थान-१(एक), Global Educational Academy लेखिएको स्ट्याम्प थान-१(एक) र Nepalese Army Record Office, 2043 लेखिएको स्ट्याम्प थान-१(एक) 

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया