गौरादह, १ भदौ २०७९ । झापाको दोमुखा स्थित कन्काई सिचाई आयोजनाको नहरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसत्ताक्षी नगरपालिका-१०का २४ वर्षिय शिव जोगी रहेका छन् ।
आज(बुधबार) अन्दाजी ११ः४५ बजेको समयमा दोमुखा स्थित कन्काई सिचाई आयोजनाको नहरमा शिव जोगी र २ जना साथीहरु सहित पौडी खेल्न गएकोमा साथीहरु भन्दा पहिला नहरमा पौडी खेल्न पसेको र जोगी पानीमा डुवी बेपता भएका थिए । बेपत्ता भएको जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षकको टोली र अस्थाई प्रहरी पोष्ट माइधारबाट प्रहरी टोली खटि गई खोजतलास गर्ने क्रममा अन्दाजी १.५ कि.मि. दक्षिणमा नहरको जालीमा जोगी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उक्त घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।