Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, २९ साउन २०७९ । झापामा प्रतिबन्धित लागुऔषध र अटो सहित १ जना महिला र १ पुरुष गरि २ जना मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी घर भइ हाल बिर्तामोड नगरपालिका-४ का ४० वर्षिय अटो चालक उमेश चौधरी र सिराहा अमरुवा गाउँपालिका-५ घर भइ हाल जिल्ला बिर्तामोड नगरपालिका-३ बिर्ताबजारमा डेरा गरी बस्ने २७ वर्षिया की प्रतिक्षा चौधरी रहेका छन् ।

हिँजो(शनिबार) अन्दाजी २ः३० बजेको समयमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ पुरानो बिजुली अफिस छेउ स्थित भित्रि सडक खण्डमा बिर्ताबजारबाट बुटाबारी तर्फ जादै गरेको मे.१ ह.२९२१ नं. को अटोलाई चेकजाँच गर्दा अटो चालक चौधरीको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ४ ग्राम २०० मिलिग्राम फेला परेको थियो । सोही क्रममा प्रहरीले अटोचालक चौधरीलाई सोधपुछ गर्दा प्रतिक्षा चौधरी समेत संलग्न रहेको भनि खुलाएकोले उनको कोठाबाट समेत ५ ग्राम ब्राउन सुगर फेला पारेको थियो । ९ ग्राम २०० मिलिग्राम र दुबै जनालाई अटो सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया