Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

गौरादह, २६ साउन २०७९ । बहुविवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-१० का ४३ वर्षिय होम प्रसाद दंगाल रहेका छन् ।

झापा जिल्ला अदालतको २०७६ वैशाख ८ गतेको फैसला बमोजिम बहुविवाह मुद्धामा फरार दंगाललाई २ बर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । फरार रहेका दंगाललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिँजो(बुधबार) पक्राउ गरेको थियो । पक्राउ परेका दंगाललाई कैद भुक्तानको लागी कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया