Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

गौरादह, २५ साउन २०७९ । झापाको गौरादहमा सिटि सफारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । आज बिहान करिब ११ बजेको समयमा डिपुचोकमा सिटि सफारी अनियन्त्रित भएर पल्टिँदा सिटि सफारीमा सवार गौरादह-३ खरेल डाँडा कि ८० वर्षिया बालुमाया अधिकारी र धोबनिया कि १५ वर्षिया बिबिना दर्नाल घाइते हुनु भएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

घाईते २ जनाको मेडि म्याक्स हस्पिटल गौरादहमा उपचार गरिएकोमा अधिकारीको हात खुट्टामा गम्भिर चोट लागेको कारण थप उपचारका लागि निम्स हस्पिटल दमक पठाइएको जनाइएको छ । अर्का घाइते दर्नालको भने सामान्य चोट लागेका कारण सोहि हस्पिटलमा उपचार भईरहेको जनाइएको छ । सिटि चालक गौरादह-३ का राम तिम्सिना र सिटि ईलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा रहेको दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया