Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

झगेन्द्र खड्का
गौरादह, १८ साउन २०७९ । गौरादह जेसीजले महिलाहरुलाई आत्मरक्षा तालिम दिदै जेसीज तालिम सप्ताह कार्यक्रम समापन गरेको छ। समाज रुपान्तरणका क्षेत्रमा जिम्मेवारी निर्वाह गर्दै आएको जेसीजले किसानहरुलाई बिषादी रहित कृषि तालिम, जेसीज सदस्य शिक्षा तालिम,योग तथा ध्यान शिबिर लगायतका तालिम संचालन गरि अन्तिम दिन नारी आत्मरक्षा तालिम आयोजना गरि तालिम समापन गरेको छ।

गौरादह सामुदायिक भवनमा आयोजना गरिएको तालिममा बिद्यार्थीहरु सहभागी भएका थिए। ईलाका प्रहरी कार्यलय दमकका हल्दार टेकराज राईको टोलिले सहजिकरण गरेको तालिममा गौरादह कृषि क्याम्पस र बिद्योदय मा.बि. का बिद्यार्थीहरु सहभागी भएका थिए। तालिममा सहभागी बिद्यार्थीहरुलाई आत्मारक्षाका लागि सैद्धान्तिक ज्ञान र प्रयोगात्मक सीप सिकाइएको थियो। तालिममा नारि माथि हुने हिंसात्मक गतिविधि र र्दुव्यवहारमा प्रतिकार गर्ने उपायका बारेमा जानकारी गराइएको थियो।

गौरादह जेसीज  अध्यक्ष बिनिता कटुवालको सभापतित्वमा तालिम सम्पन्न भएको थियो। तालिम कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका वडा नं.३ का वडाध्यक्ष दिलिप भण्डारीले तालिमको उद्घाटन गर्दै जेसीजले युवा परिचालन गरि नगरमा हुने बेतिथिको अन्त्य गर्दै नगरपालिकालाई सफा सुन्दर र हराभार बनाउन पुर्याएको योगदानको चर्चा गरेका थिए। जेसीजका तालिम निर्देशक ध्रुव चन्द्र अधिकारीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए।

समापन कार्यक्रममा जेसीज  पुर्ब अध्यक्ष क्रान्तिदिप काफ्ले, अमर मा।बि। गौरादहका प्रधानाध्यापक चिन्तामणी काफ्ले, बिद्योदय मा.बि. का निर्देशक नारायण बस्नेत र जीवन कुमार गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए। गौरादह जेसीज बर्ष २०२२ कि उपाध्यक्ष तथा कार्यक्रम संयोजक एकता पोख्रेलले स्वागत मन्तब्य राखेको कार्यक्रममा महासचिव खड्गबहादुर थापाले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया