Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, १८ साउन २०७९ । कमल खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका कमल गाउँपालिका-१ का अन्दाजी १८ वर्षिय उज्वल खरेलको शव फेला परेको छ । हराएको स्थानको पानीमुनी डुबीरहेको अवस्थामा आज(बुधबार)बिहान ८ः३५ बजेको समयमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

हिँजो(मंगलबार)दिउँसो देखि पानीमा डुबी बेपत्ता भएका खरेलको खोज तलासका लागि आज बिहान ८ बजेको समयमा सशस्त्र प्रहरी बल बाहिनी पकली सुनसरीबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा १० जनाको गोताखोर घट्नास्थलमा आएर खोजतलास गर्दा बेपत्ताको शव भेटिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया