Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झगेन्द्र खड्का
गौरादह, १५ साउन २०७९ । शैक्षिक बेरोजगार अन्त्य गर्न प्राविधिक शिक्षाको माग बढी रहेको समयमा गौरादह नगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा प्राविधिक बिषयको पठनपाठन सुरु हुन थालेको छ। बिद्यार्थीहरुले सैद्धान्तिक पढाइबाट उच्च शिक्षा हाँसिल गरेपनि रोजगारीका अवसर नपाउदा बिदेश तर्फ पाइला चाल्नु परेको छ।

सैद्धान्तिक पढाइको भबिस्य उज्ज्वल नभएको भन्दै अभिभावकहरुबाट गुनासो आइरहेको समयमा प्राबिधिक बिषयको पढाइबाट बिद्यार्थीहरुमा राहात पुग्ने भद्रकाली मा।बि। का प्रधानाध्यापक रेवलाल श्रेष्ठ बताउँछन्।सैद्धान्तिक शिक्षाबाट स्नातकोत्तर सम्मको अध्यान पुरा गरेपनि आफ्नो देशमा रोजगारी नपाएका कारण बैदेशिक रोजगारीमा जाँदापनि शैक्षिक योग्यता अनुसारको रोजगार र पारिश्रमिक नपाएको युवाहरुको गुनासो छ। नगरपालिका भित्रका बिद्यालयहरुमा प्राबिधिक बिषयको पढाइ संचालन भएसँगै बिद्यार्थीहरुले प्राबिधिक बिषय पढ्न बाहिर जानू नपर्ने र बेरोजगारी समस्याको केहीहद सम्म भएपनि समाधान हुने डोरामारी मा.बि.का प्रधानाध्यापक केदार बहादुर भण्डारी बताउँछन्।

गौरादह नगरपालिका भित्र रहेका सामुदायिक माध्यमिक बिद्यालयहरुमा हाल सम्म जनता मा.बि.मा केही बर्ष पहिले देखि प्राविधिक बिषयको पढाइ भइरहेको छभने यस बर्षदेखि थप दुई वटा बिद्यालयहरुमा प्राविधिक बिषय संचालन हुने भएका छन। गौरादह नगरपालिका भित्र रहेका दुईवटा माध्यमिक बिधालयहरुले यस बर्ष प्राविधिक विषयको पठनपाठनका लागि सम्बन्धन पाएका छन। गौरादह नगरपालिका वडा नं.५ मा रहेको भद्रकाली मा. वि. र गौरादह ४ डोरामारीमा रहेको डोरामारी मा.वि. मा सिटिइभिटि बाट सम्बन्धन प्राप्त गरि प्राबिधिक बिषयका कक्षाहरु यसै शैक्षिकसत्रबाट संचालन हुने भएको छ।

गौरादह नगरपालिका वडा नं.१ मा रहेको जनता मा.बि. मा २०७३ सालदेखि प्राबिधिक बिषयको कम्प्युटर ईन्जिनियरिङका कक्षा संचालन भइरहेको छ। कम्प्युटर ईन्जिनियरिङ बिषय कक्षा-९ बाट पढाइ भइरहेको छ। प्रत्येक बर्ष ४८ जना बिद्यार्थीहरुले पढ्ने अवसर पाएको जनता मा.बि. गौरादहका प्रधानाध्यापक हरि प्रसाद अधिकारी बताउँछन् ।डोरामारी मा.वि. मा प्राबिधिक तर्फको तिनबर्षे डिप्लोमा कृषि बालिबिज्ञानको अध्यापन यसै शैक्षिक शत्रबाट सुरु हुने भएको छ। कृषि बालि बिज्ञान अध्यानका लागि एसईई उत्तीर्ण गरेका बिद्यार्थीहरुले अध्यन गर्ने अवसर पाउने छन। प्रत्येक बर्ष ४० जना बिद्यार्थीले यो बिषय पढ्न पाउने छन। भद्रकाली मा. वि. मा प्राबिधिक तर्फकै कम्प्युटर डिप्लोमा सम्बन्धी तिन बर्षे कोर्षको अध्यापन हुने भएको छ। आटि अध्यानका लागि पनि एसईई उत्तीर्ण गर्नु पर्ने छ। प्रत्येक बर्ष ४० जना बिद्यार्थीले पढ्ने अवसर पाउने छन।बिद्यालयले प्राविधिक बिषयको सम्बन्धन प्राप्त भएसंगै बिद्यार्थीहरुले घरैमा बसेर सर्वसुलभ रुपमा प्राविधिक शिक्षा पढ्न पाउने भएका छन्। प्राबिधिक बिषयको माग बढिरहेकाले नगरपालिका भित्रका विद्यालयमा क्रमस प्राबिधिक शिक्षाका कक्षाहरु संचालन गर्दै लैजाने नगर प्रमुख छत्रपति सुवेदी बताउँछन्।नगरपालिका भित्र आउदो वर्ष देखि अनमिन र भेटनरी सम्बन्धी प्राविधिक बिषयका कक्षा संचालन गर्ने तयारी गरिएको नगर प्रमुख सुवेदी बताउँछन् ।

प्राबिधिक बिषयको अध्यन बिद्यालयमा संचालन गरिनु उपलब्धि मुलक भएको गौरादह नगर शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मी बताउँछन्।प्राबिधिक बिषय पढाइका लागि बिद्यार्थी संख्या तथा अन्य वातावरणका तर्फबाट गौरादह उपयुक्त ठाउँ रहेको शिक्षा शाखा प्रमुख रेग्मीको भनाइ छ।बिद्यालयहरुमा भौतिक पुर्वाधारहरु रहेकाले सिटिइभिटिको सम्बन्धनबाट भएपनि संचालन हुने प्राबिधिक बिषयको पढाइबाट बिद्यार्थीहरु लाभान्वित हुने शिक्षा शाखा प्रमुख रेग्मी बताउँछन्।

तपाईको प्रतिक्रिया