Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

गौरादह, १४ साउन २०७९ । ईलाका प्रहरी कार्यालय गौरादहका प्रहरी प्रमुख रमेश वन प्रहरी निरिक्षक पदमा बढुवा भई आफ्नो ९ महिना कार्यकाल पूरा गरि आज (शनिबार) बिदाइ हुनुभएको छ । इलाका प्रहरी कार्यालय गौरादहले एक कार्यक्रमको आयोजना गरि प्रहरी प्रमुख वनलाई बिदाई गरेको हो । २०७७ कार्तिक ३० गते बाट कार्यालयको जिम्मेवारी सम्हाल्नु भएका वन को सरुवाको टुंगो लाग्न भने केहि दिन लाग्ने बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तै, सोही अवसरमा ईलाका प्रहरी कार्यालय गौरादह प्रमुखको जिम्मेवारी सम्हाल्न वनको ठाउँमा जिल्ला प्रहरी कार्यालय चन्द्रगढीबाट सरुवा भई आउनुभएका नयाँ प्रहरी प्रमुख चन्द्रिका कुमार श्रेष्ठलाई आज नै स्वागत गरिएको छ । प्रहरी प्रमुख श्रेष्ठले आजदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्नु हुँदै झापामा लागूपदार्थ र्दुव्यसनी ओसार पसारको घट्ना धेरै हुने भएकोले आफू आएदेखि नै निगरानीको कार्य सुरु गरिसकेको बताउँदै गौरादहको शान्ति सुरक्षामा कुनै पनि कमि हुन नदिने बताउनुभएको छ ।

यस्तैगरी, प्रहरी प्रमुख वनले बिदाइ कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रहरीलाई कुनै पनि पार्टीले नियुक्ती गरेको हैन भन्दै निष्पक्ष ढंगले काम गर्न साथै स्थानीय निकायहरु सँग समन्वय गर्दै काम गर्न नव आगन्तुक प्रमुख श्रेष्ठलाई सुझाव दिनुभयो ।

सो अवसरमा ईलाका प्रहरी कार्यालय गौरादह भवन निर्माण व्यवस्थापन समितिका अध्यक्ष नारायण घिमिरे, वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारी, वडा नं. २ का वडाध्यक्ष गोपाल कोइराला,बुद्धीजिवि, पत्रकार लगायतको उपस्थितीले बिदाइ गर्दै आगामी कार्यकालको शुभकामना दिएका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया