Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

गौरादह, ८ साउन २०७९ । झापामा तीन जना किशोरी एउटै रुखमा झुण्डीरहेको अवस्थामा मृत फेला परेका छन् । मृतकहरु कचनकवल गाउँपालिका-५ दले गाउँ बस्ने पुवालु गणेशकी छोरी १७ वर्षिया अञ्जली गणेश, पंचम गणेशकी छोरी १६ वर्षिया करिना गणेश र बिरबल गणेशकी १७ वर्षिया कल्पना कुमारी गणेश रहेका छन् ।

मृतक तीन जना किशोरीहरु हिँजो (शनिबार) १२ बजे घुम्न जाने भनि घर परिवारमा जानकारी गराएर हिँडेकोमा बेलुका सम्म सम्पर्कमा नआएकोले खोजतलास गर्ने क्रममा उनिहरुलाई आज(आईतबार) बिहान कचनकवल गाउँपालिका-५ स्थित चिया बगान नजिकै रहेको बयरको रुखको हाँगामा डोरीको पासो लागी झुण्डीरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

उक्त घट्ना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया