Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

काठमाडौं, ७ साउन २०७९ । सर्लाहीको पर्सा गाउँपालिका शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुरकै बालदत्त भन्ने रमजेशकुमार रायकी २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो ।

हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि खेतमा शव गाडिएको अवस्थामा फेला पारेको हो । हत्यामा संलग्न रहेको आशंकामा मृतक यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

गएको जेठ २२ गते निशाको हत्या भएको प्रहरीको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया