गौरादह, ६ साउन २०७९ । झापाको कमलमा सिटि रिक्सा र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । बिहिबार भएको सवारी दुर्घटनामा कमल गाउँपालिका-६ का मोटरसाइकल चालक २४ वर्षिय रोशन कोईरालाको मृत्यु भएको हो ।
कमल गाउँपालिका-६ गुवाबारी स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे.१.ह २४२३ नं.को सिटि रिक्सा र विपरित दिशाबाट जाँदै गरेको को.३८प.१२८३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक कोइरालाको टाउकोमा चोट लागि घाइते भइ उपचारको लागि बिएण्डसि अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज(शुक्रबार)अन्दाजि ३ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
मोटरसाइकल पछाडी सवार सोही ठाउँ वार्ड नं.४ का १९ वर्षिय रेवत सुवेदीको न्यूरो अस्पताल विराटनगर, वार्ड नं.७ का २१ वर्षिय भविन मगरको बिएण्डसिमा र सिटि रिक्सामा सवार वार्ड नं.५ कि ६५ वर्षिया सुकमाया माझीको एडभान्स अस्पताल दमकमा उपचार भइरहेको जनाइएको छ । दुवै सवारी साधन र सिटी रिक्सा चालक सोही ठाउँ वडा नं.६ का ५२ वर्षिय दिलमान माझी प्रहरीको नियन्त्रणमा रहेको उक्त घट्ना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।