Online Bichar
मंगलबार, आश्विन २२, २०८१ | Tuesday, October 8, 2024

शान्ति सुब्बा
झापा, ४ साउन २०७९ । झापामा आगलागीबाट ६ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । झापा गाउँपालिका-५ सिमलडाँगी बस्ने अवदुल कोरिम अलिको घरमा विद्युत सर्ट भई आगलागि हुँदा ६ घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। आगलागि आज(बुधबार) बिहान ४ः२० बजेको समयमा भएको हो ।

आगलागीबाट अब्दुल करिम अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको १ तले घर र घर भित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलि करिब ३ लाख, यस्तै, सोही ठाउँ बस्ने अबदुल जुलास अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको १ तले घर र घर भित्र रहेका लत्ता कपडा, अन्नपात, भाँडा जलेर करिब ३ लाख, अमोर अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको १ तले घर र घर भित्र रहेका लत्ता कपडा, अन्नपात, भाँडा जलेर करिब २ लाख ५० हजार, अनाबर अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको १ तले घर र घर भित्र रहेका लत्ता कपडा, अन्नपात, भाँडा जलेर करिब ३ लाख ५० हजार, ईस्माइल अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको १ तले घर र घर भित्र रहेका लत्ता कपडा, अन्नपात, भाँडा जलेर करिब ३ लाख ७५ हजार र समित अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको १ तले घर र घर भित्र रहेका लत्ता कपडा, अन्नपात, भाँडा जलेर करिब ४ लाख ५० हजार गरि करिब २० लाख २५ हजार बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायब निरिक्षकको कमाण्डमा र प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा टोली र स्थानीय मिलेर करिब ५ः३० बजे पूर्ण रुपमा आगलागी नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया