Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

झापा, १ साउन २०७९ । नेपालमा आज पछिल्लो २४ घण्टामा १ सय ३५ जना कोरोना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १ हजार ४ सय ७३ र एन्टिजेन परिक्षणबाट १ हजार ५ सय ६८ गरि ३ हजार ४१ जनामा परिक्षण गर्दा १ सय ३५ जना नयाँ संक्रमित फेला परेको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट १ सय १४ र एन्टिजेनबाट २१ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ८१ हजार ४ सय ८ र एन्टिजेन परिक्षणबाट १ लाख ४० हजार ९ सय २८ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख २२ हजार ३ सय ३६ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ५९ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार १६ जना पुगेको छ ।

अहिले नेपालमा १ हजार ४ सय ३९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ३२ हजार ५ सय १५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। १ हजार ३ सय ७० जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा ६९ जना संक्रमित रहेका छन् । यस्तै, १८ जना संक्रमित आइ।सी।यु मा र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५३ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया