Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

गौरादह, ३२ असार २०७९ । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-६ का ४७ वर्षिय टेकनाथ ढुंगाना रहेका छन् ।

फरार रहेका ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । उनलाई उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसला बमोजिम बैंकिङ कसुर मुद्धामा १ महिना कैद र २८ लाख २२ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया