गौरादह, ३२ असार २०७९ । झापामा नुहाउने क्रममा खोलामा डुबी एक बालकको मृत्यु भएको छ । शुक्रबार अन्दाजी ५ः३० बजेको समयमा भद्रपुर नगरपालिका३ का सितु सापकोटाका छोरा ११ वर्षिय ईश्वर सापकोटाको खोलामा डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही ठाउँमा रहेको देउनिया खोलामा नुहाउन जाँदा बालक खोलामा डुबी बेपत्ता भएका थिए । बेपक्ता भएका बालकलाई ईलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको टोली र स्थानीयबासीहरुले खोजतलास गर्ने क्रममा उक्त खोलाको किनारमा बालक मृत्त अवस्थामा फेला परेका थिए । उक्त घट्ना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।