Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १२ असार २०७९ । ट्राफिक प्रहरी गौरादहले मुख्य सडक आसपासका विद्यालयहरुमा अध्यनरत विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएका छन। ट्राफिक प्रहरी गौरादहका प्रमुख लक्ष्मीप्रसाद ओझाको नेतृत्वमा खटिआएको टोलीले बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण दिएको हो।

सडक दुर्घटनाको जोखिमबाट हुने जनधनको क्षतीको न्युनीकरण गर्न मुख्य सडक आसपासमा रहेका बिद्यालयहरुमा ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको गौरादहका ट्राफिक प्रमुख लक्ष्मीप्रसाद ओझाले जानकारी गराए। मुख्य सडकहरुमा सवारीसाधन र पैदल यात्रीको चाप बढी हुदा दुर्घटनाको जोखिम बढेकाले दुर्घटना घटाउन सचेतना कार्यक्रम संचालन गरिएको ट्राफिक प्रमुख ओझाले बताए। ग्रामीण सडकको तुलनामा मुख्य सडकहरुमा सवारीसाधनको चाप बढी हुने भएकाले मुख्य सडक आसपासका बिद्यालयलाई पहिलो प्राथमिकतामा राखेर सचेतना कार्यक्रम गरिनुका साथै दक्षिणी क्षेत्रमा रहेका सबै बिद्यालयमा ट्राफिक सचेतना कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको ट्राफिक प्रहरी प्रमुख ओझाले बताए।

बिद्यालय लाग्ने र बिदा हुने समयमा बिद्यार्थीहरु सडक ढाकेर हिड्दा दुर्घटनाको थप जोखिम रहेकाले सडक पेटीबाट हिडेमा दुर्घटनाबाट जोगिन सकिने सचेतना कार्यक्रममा जानकारी गराएका छन । ट्राफिक प्रहरी गौरादहले आइतबार गौरादह-८ को अरुणोदय आधारभूत बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुलाई ट्राफिक नियम पालना सम्बन्धि प्रशिक्षण दिएका छन। गौरादहका ट्राफिक प्रहरी प्रमुख लक्ष्मीप्रसाद ओझाले प्रशिक्षण दिदै बिद्यार्थीहरुलाई दुर्घटना हुने कारणहरु , सडक दुर्घटनाबाट जोगिने उपाय, पैदल यात्रीहरुले सडकमा हिड्ने र सडक पार गर्ने तरिका, जेब्राक्रसिङको प्रयोग गर्ने तरिका लगायतका बिषयमा प्रशिक्षण दिएका थिए। अरुणोदय आधारभूत बिद्यालयमा भएको ट्राफिक सचेतना कार्यक्रममा ट्राफिक हल्दार चन्द्रलाल माझी र ट्राफिक सहायक हल्दार रमेश दुतराजको सहभागीता रहेको थियो।

ट्राफिक प्रहरी गौरादहले यस अघि जनता मा.बि., अमर मा.बि., प्रगति मा.बि. र सूर्यदय आधारभूत बिद्यालय गौरादहमा अध्यनरत बिद्यार्थीहरुलाई दुर्घटना न्युनिकरण र ट्राफिक नियमको पालना सम्बन्धि प्रशिक्षण दिइएको ट्राफिक प्रहरी प्रमुख ओेझाले बताए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया