Online Bichar
आइतबार, माघ १३, २०८१ | Sunday, January 26, 2025

अनलाइनविचार संवाददाता
झापा, १९ जेठ २०७९ । झापामा मोटरसाइकल चोरीकार्यमा संलग्न रहेका गौरीगञ्ज गाउँपालिका का १ सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले चोरीका १२ वटा मोटरसाइकल सहित पक्राउ परेका उनिहरुलाई आज(बिहिबार) पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी टिकुली नगरपालिका-५ का २७ वर्षिय करण महमद, गौरीगञ्ज गाउँपालिका-५ का १८ वर्षिय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका-८ का १८ वर्षिय समिर मियाँ, बिर्तामोड नगरपालिका-५ का १८ वर्षिय विष्णु भण्डारी, १८ वर्षिय करण मण्डल, बिर्तामोड-३ का १९ वर्षिय कुमार राजवंशी, १८ वर्षिय सुमन विहारी र ईलाम चुलाचुलीका १८ वर्षिय राहुल श्रेष्ठ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय अनारमनीको एरियाबाट विगत केहि समय देखि मोटरसाइकल चोरीको घट्ना बढ्दै गएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भद्रपुर र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने मानिसको पहिचान तथा खोजतलास सुक्ष्म रुपमा गर्दै जाँदा यहि जेठ १८ गते अर्जुनधारा नगरपालिका वडा नं ८ कदमगाछी स्थीत रहेको अशोक विहारीको ग्यारेजबाट र वडा नं १० मा मोटरसाइकल ग्यारेज संचालन गरी बस्ने करण महमदको ग्यारेजवाट र झापाको विभिन्न स्थानबाट विभिन्न समयमा मोटरसाइकल चोरीमा संलग्न उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनिहरुको साथबाट बजाज र हिरोहोन्डा कम्पनीका ४/४ वटा, यामाहा, होन्डा, सुजुकी र टीभीएस कम्पनीका एक/एक वटा मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

उनीहरूले अर्जुनधारा नगरपालिका ८ र १० मा सटर भाडामा लिएर ग्यारेज सञ्चालन गर्ने बहानामा चोरी गरिएका मोटरसाइकलहरू राख्ने तथा खरिदबिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । पक्राउ परेका उनिहरुमाथि चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया