Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

दमक, १२ जेष्ठ २०७९। किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक बसेर कार्यक्रमको तयारी सुरु गरेको छ ।

साकेला उभौलीको अवसरमा बैशाख पूर्णीमाको दिन देखि सुरु भई झापा जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रम भई किराया जिल्ला समितिको आयोजनामा जिल्ला स्तरीय समापन हुँदै आएको छ । सो कार्यक्रम कमल गाउँपालिका वडा नम्बर ४ र ५ को संगमस्थल साकेला चौक सितापुरी उत्तर जिल्ला साकेला थान धार्मिक वनमा हुँदै आएको छ ।

झापाका जिल्ला भरीका गाउँनगर तथा वडा समितिहरुको साकेला सिली प्रदर्शन साथै इलाम, मोरङ र भारत बाघडोग्राबाट समेत साकेला टोली सहित कार्यक्रममा सहभागि हुने किराया झापा जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए । विगत वर्षहरुमा ३० देखि ३५ वटा साकेला सिली टोलीको सहभागिता रहदै आएको यस कार्यक्रममा यस पटक केहि साकेला टोली बढ्ने अनुमान गरिएको छ ।
कार्यक्रमलाई व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न ९ वटा उपसमितिहरु बनाइएको किराया जिल्ला सहसचिव लिला बहादुर राईले बताए । कार्यक्रम मूल आयोजक समिति, स्वयंसेवक परिचालन, अतिथि सत्कार, मेला व्यवस्थापन उपसमिति लगायतको उपसमितिहरु गठन गरिएको राईले बताए ।

कार्यक्रममा साकेला सिली प्रदर्शन, विभिन्न विद्यामा अग्रज सफल व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम साथै रोटेपिङ, ड्रागन, नाउ लगायतको खेल तमासा समेत रहने मेला व्यवस्थापन समितिका सदस्य जिवन राईले बताए । नेपालको प्रचलित कानूनको अधिनमा रहेर खेलहरु लगाइने राईले बताए । साकेला सिली प्रतिको बढ्दो मोहलाई मध्यनजर गर्दै यस पटक कार्यक्रम व्यवस्थापनमा समेत ध्यान दिइएको किराया जिल्ला सदस्य सुशिल राईले बताए । करिब ६ देखि ८ हजार मानिहरुले अवलोकन गर्दै आएको यस कार्यक्रम कोरोना पछिको पहिलो कार्यक्रम भएकोले कार्यक्रममा सहभागिता संख्या बढ्ने अनुमान गरिएको राईले बताए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया