काठमाडौं, १९ वैशाख २०७९ । सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले सोमबार एक सूचना प्रकाशन गरी इस्लाम धर्मालम्वीहरुको पर्व ईद (ईद उल फित्र) को अवसरमा सार्वजनिक बिदा दिएको हो ।
२०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।