Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झापा, २९ चैत २०७८ । झापामा रहेका सक्तारुढ गठबन्धन दलका नेताहरुको आज बिर्तामोडमा बसेको बैठकले प्रतिगमन विरुद्ध रहेका अन्य दलहरुसंग स्थानीय स्तरबाट नै गठवन्धन फराकिलो र बलियो बनाउने निर्णय गरेको छ ।

बैठकले जिल्लाका कतिपय पालिकाका वडाहरुमा गठबन्धनका उम्मेद्वारहरुको तालमेलमा सहमति भएको र सहमति हुन बाँकी रहेका स्थानहरुमा गठबन्धन दलको जिल्ला नेतृत्वले सहजीकरण गरेर तालमेललाई निष्कर्षमा पु¥याउने भएको छ ।

वैठक पाँच दलीय गठबन्धनको केन्द्रीय निर्देशन अनुसार झापाका स्थानीय तहमा हुने निर्वाचनमा प्रतिगमनकारीलाई परास्त गर्ने विषयमा बैठकमा घनिभूत र महत्वपूर्ण छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेस झापाका सचिव कष्ण हुमागाईले बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति देउकुमार थेवेको सभापतित्वमा भएको गठबन्धन दलको वैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामी सन्देश, संविधान सभा सदस्य मोहन टुडु, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, माओवादी केन्द्र प्रदेश कमिटी सचिवालय सदस्य सीपी कडरिया, माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य अग्नि, जनता माजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राई लगायतको सहभागीता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया