झापा, २८ चैत २०७८ । झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका( २ निवासी २९ वर्षीय सम्यम बजगाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड-२ स्थित राम चोकमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई आइतबार राती ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते भएका बजगाईँको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा राती ११ बजे मृत्यु भएको हो ।
यता इलाका प्रहरी कार्यालय अनारमनिले ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ, भने ट्रक चालक फरार भएकोले उनको खोजी भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।