गौरादह, २८ चैत २०७८ । ताजपुरिया समाज कल्याण परिषद केन्द्रीय कार्य समितिको पाँचौ महाधिवेशनबाट १३ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति सर्वसम्मतबाट चयन भएको छ । गौरादह नगरपालिका-५ मैदानघोपाको नमुना पाहुना घरमा आईतबार(हिंजो)राति करिव १० बजेबाट शुरु पाँचौ महाधिवेशनको बन्दसत्रबाट सर्वसम्मत चयन भएका पुर्णलाल ताजपुरियाको अध्यक्षतामा झापा मोरङ्गका एकाई समितिहरुबाट र कला संस्कृति बिकास समितिबाट समावेशी तरिकाले १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको हो ।
नव निर्वाचित समितिका पदाधिकारीहरुमा अध्यक्ष पुर्णलाल ताजपुरिया,महासचिव हर्देव ताजपुरिया,उपाध्यक्ष नन्दलाल ताजपुरिया,महिला उपाध्यक्ष कल्याणी ताजपुरिया,कोषाध्यक्ष शैलेन्द्र कुमार ताजपुरिया,उपमहासचिव मंगलसिंह ताजपुरिया रहेका छन् । सदस्यहरुमा गौरसिंह ताजपुरिया,रेणु ताजपुरिया,रामा ताजपुरिया,कालेन्द्र ताजपुरिया,मन कुमार ताजपुरिया , कुन्दन ताजपुरिया,र दिलिप ताजपुरिया रहेका छन् ।
यस्तै, उपाध्यक्ष पदको लागि रविलाल ताजपुरिया,चन्द्रप्रसाद ताजपुरिया,सत्य ताजपुरिया, र नन्दलाल ताजपुरिया आकांक्षि उमेदवारहरुमध्ये गोलाप्रथाबाट नन्दलाल ताजपुरिया विजयी भएका छन् । बन्दसत्र कार्यक्रमको प्रथम चरणमा आर्थिक तथा साङ्गठानिक प्रतिवेदन ,दोस्रो चरणमा बिधान संसोधन र तेस्रो चरणमा कार्य समिति गठन बारे छलफल भएको थियो ।
नयाँ कार्य समिति चयनकालागि निवर्तमान अध्यक्ष गंगाराम ताजपुरियाको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । बन्दसत्र कार्यक्रम उपसमिति संयोजकमा पुर्व अध्यक्ष कुञ्जिबिहारी ताजपुरिया रहेका थिए । यसअघिको समितिमा गंगाराम ताजपुरियाको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्य समिति रहेको थियो ।
ताजपुरिया समाज कल्याण परिषद पाँचौ केन्द्रिय महाधिवेशन समुद्घाटन कार्यक्रम शनिबार गौरादह नगरपालिका-३ को सामुदायिक भवनमा गरिएको थियो । त्यसअवसरमा आदिवासीजनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको प्रमुख आतिथ्यमा र परिषदका अध्यक्ष गंगा राम ताजपुरियाको सभापतित्वमा संयुक्तरुपमा कार्यक्रमको समुद्घाटन गरेका थिए ।
कार्यक्रममा झापा मोरङ् र भारतको बिहार राज्य र वेष्ट बेङ्गल बाट सहभागिता जनाएका थिए । यस्तै, पूर्व सांसद दिपक कार्की, गौरादह नगरपालिका का नगर प्रमुख रोहित कुमार शाह, राजबंसी समाज बिकास समितिबाट हेमन राजबंसी, डिन रायगंञ्ज विश्व विद्यालय पश्चिम बंगालका प्रोफेसर दिपक कुमार राय, सेवा निवृत डि एम डिष्ट्रीक मेजिष्टेट कलेक्टर रंजनिकान्त वर्मन, प्रमोद वर्मन, बासुदेव वर्मन, रतन बर्मा, देवला ल वर्मन, पानीलाल राजबंशी र ताजपुरिया परिषदका पुर्व अध्यक्ष महासचिवहरु लगायतको सहभागिता रहेको थियो । त्यसअवसरमा, समाजका केही युवा प्रतिष्ठित ब्यक्ति,जग्गा दाता,संस्थालाई कार्यक्रममा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा जग्गा दाता हेला कुमारी ताजपुरिया, नन्दलाल ताजपुरिया, र अर्जुनराज लोहनी रहेका छन् । त्यसैगरी, ई.ध्रुवनारायण ताजपुरिया, ई।रविन ताजपुरिया,एम पि रंजित ताजपुरिया ,डा.महेश्वर ताजपुरिया, डा.रामकृष्ण ताजपुरिया, डा.नारायण ताजपुरिया, संस्थापक परिवारबाट उषादेवी ताजपुरिया, कला संस्कृति बिकास समिति र ईमेज टेलिभिजनका पत्रकार खिलनाथ ताजपुरिया लाई सम्मान गरिएको थियो ।