Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

काठमाडौं, २४ चैत २०७८ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ बुँद्धामा असहमति जनाएको छ ।

स्थानीय तह निर्वाचन निष्पक्ष ढंगले सम्पन्न हुनेगरी प्रभावकारी भूमिका निर्वाह गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लोकतान्त्रिक विधि र प्रक्रिया तलमाथि नहुनेगरी पालना गराउन लिखित पत्र बुझाउँदै एमालेले यस्तो आग्रह गरेको हो ।

पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले आज (बिहिबार) प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेट गरी उक्त आग्रह गरेको हो । त्यसैगरी निर्वाचन कानूनमा प्रधानमन्त्री र मन्त्रीहरुले प्रचार-प्रसारमा जान नपाउने व्यवस्था गरेको र त्यसलाई पालना गराउन पनि आफूहरुले आयोगको ध्यानाकर्षण गराएको एमालेका महासचिव पोखरेलले जानकारी दिनुभयो ।

उहाँले निर्वाचन आचारसंहीताको कार्यान्वयन गराउने सन्दर्भमा जनताकाबीचमा खुलस्त ढंगले जान पाउने गरी त्यसको कार्यान्वयनमा ध्यान दिन पनि निर्वाचन आयोगलाई अनुरोध गरिएको बताउनुभयो ।

एमालेले निर्वाचन प्रचार-प्रसारका लागि सामाजिक सञ्जालको प्रयोग उपयुक्त विधि भएको उल्लेख गर्दै त्यसको प्रयोग सहज गराउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

 

तपाईको प्रतिक्रिया