भद्रपुर, १८ चैत २०७८। नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० भद्रपुरको नगर कमिटी गठन भएको छ ।
नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीको आयोजना भएको भेलाले सम्झना सत्यालको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो । नवगठित कमिटीको सचिव गंगा लम्साल रहनुभएको छ ।
जिल्ला सदस्य शर्मिला खातिको अध्यक्षता र केन्द्रीय सदस्य सरु न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत पार्टी नगर कमिटी उपाध्यक्ष कुमारी सोर्णिका सिंहले गर्नुभएको थियो । प्रमुख अतिथि सरु न्यौपानेले हजारौं शहीदहरुको बलिदाबाट प्राप्त संविधानबाटै महिलाले अधिकार प्राप्त गरेको बताउनुभयो । उहाँले महिलाहरुले सही प्रतिनिधि पठाउन नसकेकै कारण पछिल्लो पाँच वर्ष उपलब्धिमूलक बन्न नसकेको बताउँदै अब सही नेतृत्व चयन गर्ने बेला आएको बताउनुभयो ।
राज्यको मूल प्रवाहमा महिलाहरुलाई ल्याउन माओवादीले दिलाएको अवसर र अधिकारको स्मरण दिलाउँदै उहाँले सही प्रतिनिधि छनौटमा प्रत्येक महिलालाई प्रशिक्षण दिन सुझाव दिनुभयो ।
कार्यक्रममा १ नं प्रदेश सदस्य तथा ३ नं.क्षेत्रीय इञ्चार्ज डिल्ली घिमिरे (हिक्मत) , संगठनकी केन्द्रीय सदस्य निरु खतिवडा, झापा अध्यक्ष बन्दना झांगड, नगर इञ्चार्ज नरेस सञ्जेल, नगर अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले नवगठित कमिटीलाई बधाई तथा शुभकामनासहित प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियोे ।