Online Bichar
आइतबार, फाल्गुण ०४, २०८१ | Sunday, February 16, 2025

झापा, १७ चैत २०७८ । झापाको बिर्तामोडमा बिगत ६ बर्षदेखि सञ्चालनमा रहेको ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लिको आयोजनामा तिन दिवसीय उर्जा – द ट्रेनिङ फर इन्टरपेनरशिपको आयोजना हुने भएको छ । युवाहरुको बढ्दो चासो उद्यमशिलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ त्यो बिषयमा बृहत ज्ञान दिन र अवसरको ढोका खोल्ने उद्येश्यका साथ तालिम आयोजना हुन लागेको हो ।

तालिममा व्यवस्थापन संकायमा अध्ययन गर्ने, भविष्यमा उद्यमी बन्न चहाने अथवा जो कोही सो बिषयमा जानकारी लिन इच्छुकहरुले सहभागिता जनाउन सक्ने छन् । तालिमलाई सहजीकरण गर्न सफल व्यवसायी तथा नायक सन्जोक कोइराला, मोटिभेशनल स्पीकर रोहित मल्ल, सोसियल इन्टरपेनर प्रकृती मैनाली आउनु हुने बुधबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिनु भयो । युवा माझ लोकप्रिय एवम् चर्चित ¥यापर तथा काठमाण्डौबाट मेयरको उम्मद्वारी घोषणा गर्नुभएका बालेन शाहसँगको बिषेश कार्यक्रम र चर्चित कमेडियन सुमन कार्कीको प्रस्तुति रहने छ । सेमिनारमा झापा तथा आसपासका जिल्लाका ५ सय युवालाई सहभागी गराउने लक्ष्य आयोजकले राखेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

सेमिनारको मुख्य उद्देश्य युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उत्प्रेरणा दिने, अहिलेको ट्रेन्डमा कस्ता व्यवसाय गर्दा राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्नेमा ज्ञान प्रदान गर्ने रहेको कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिनु भयो । साथै स्टाट अप बिजनेश के हो र कसरी गर्न सकिन्छ, सेयर मार्केटको भविष्य कस्तो छ भन्ने बिषयमा समेत सेमिनार केन्द्रित रहने उहाको भनाई छ ।

 

तपाईको प्रतिक्रिया