Online Bichar
बिहिबार, आश्विन १७, २०८१ | Thursday, October 3, 2024

बिर्तामोड, १५ चैत २०७८ । मेची पेट्रोलियम डिलर्स एशोसिएसनले राष्ट्रिय पेट्रोलियम ब्यवसाय संस्थागत समन्वय समितिले नेपाल आयल निगममा पेश गरेको माग र माग पुरा गराउन घोषित आन्दोलनका कार्यक्रम प्रति ऐक्यवद्धता जनाएको छ ।

एशोसिएसनले मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी र नेपाल आयल निगम चारआली डिपोका प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै माग सम्बोधन गर्न माग गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र नेपाल आयल निगम चारआली डिपोका प्रमुख भीम विश्वकर्मालाई ज्ञापन पत्र बुझाइएको मेची पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष नवीन कोइरालाले जानकारी दिए । अध्यक्ष कोइरालाले ब्यवसायीहरुको मागको सम्बोधनमा सम्बन्धित पक्षले चासो नदिदाँ गम्भिर समस्या भोग्नुपर्ने अवस्थाको सिर्जना हुने चेतावनी दिएका छन् ।

नेपाल एल।पि। ग्यांस उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन तथा नेपाल पेट्रोलियम ढुवानी ब्यवसायी महासंघ सम्वद्ध राष्ट्रिय पेट्रोलियम ब्यवसाय संस्थागत समन्वय समितिले आयल निगम समक्ष तत्काल पेट्रोलियम ऐन बनाई लागू गर्नुपर्ने लगायतका ६ बुंदे माग राखेको छ ।

समन्वय समितिले आयल निगमको एल.पी.जी. र विक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्वन्धित ब्यवसायी संस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जन र शंसोधन गर्नुपर्ने, यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा समेत लागू गर्न, निगमद्वारा गठित अध्ययन समितिको प्रतिवेदन अनुसार यथाशिघ्र लागू गर्न माग गरिएको छ ।

यस्तै पेट्रोलियम विक्रेताले प्रतिशतमा पाउंदै आएको कमिशन स्थगन गरिएकाले स्थगन गरिएकै मितिदेखि लागू हुनेगरी साविकको ब्यवस्था अनुसार कायम गर्न तथा पेट्रोलियम विक्रेताले प्राप्त गर्नुपर्ने प्राविधिक नोक्सानी नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन अनुसार लागू गर्नुपर्ने माग गरिएको छ ।

समन्वय समितिले डिजेलको मूल्य अत्याधिक बृद्धि भएता पनि एल।पी। ग्यास ढुवानी गर्ने बाह्य तथा आन्तरिक साधनको भाडा समायोजन नभएकाले तत्काल भाडा समायोजन गर्न तथा आगामी दिनमा डिजेलको मूल्य अनुपातमा बढ्दा बढ्ने र घट्दा घट्ने गरी स्वचालित ढुवानी भाडा कायम गर्ने ब्यवस्था लागु गर्न माग गरिएको छ ।

समन्वय समितिले नेपाल आयल निगमसंग प्रस्तुत गरेका माग पुरा गराउन विभिन्न आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । जस अनुसार चैत ५ देखि १५ सम्म स्थानीय स्तरका पेट्रोलियम, एल।पि।, ढुवानी ब्यवसायी संघ संस्थाका प्रतिनिनिधि सम्मिलित आन्दोलन समिति गठन, उपभोक्ता, पत्रकार, स्थनीय प्रशासन, मजदुर संघ संस्था एबं सरोकारवाला संग समनवय गरी अन्तरक्रिया र प्रचार प्रसार गर्ने, चैत ६ गतेबाट एल। पि। ग्यांस उद्योगहरुले आयल निगमबाट पि।डि।यो। खरिद नगर्ने र चैत १० गतेबाट सम्पुर्ण एल।पि। ग्यांस उद्योगहरुले भारतका सबै रिफाइनरीहरुबाट ग्यास लोड बन्द गर्ने कार्यक्रम रहेको थियो ।

यस्तै चैत १४ गतेबाट ग्यांस उद्योगहरुले सबै नाकाहरुबाट भन्सार छुटाउने कार्य नगर्ने, चैत १६ बाट राज्यभरका पेट्रोलियम पदार्थको ढुवानी टैंकरहरुले पि।डि।यो। नलिने, चैत १७ बाट ग्यास उद्योगहरुले विक्रेताहरुलाई विक्री वितरण वन्द गर्ने तथा चैैत १८ बाट पेट्रोलियम ढुवानी टैंकरहरुले लोडिङरअनलोडिङ बन्द गर्ने र विक्रेताहरुले निगमको डिपोबाट पेट्रोलियम पदार्थको खरिद वन्द गर्ने कार्यक्रम रहेको मेची पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष कोइरालाले जानकारी दिए ।

समन्वय समितिले प्रस्तुत गरेका माग पुरा नभएसम्म चैत २० गतेबाट देशब्यापी रुपमा एल।पि।ग्यास उद्योग र ग्यास विक्रेताहरुले ग्यास, पेट्रोलियम ढुवानी टैंकरहरुले ढुवानी तथा पेट्रोलियम विक्रेताहरुले विक्री स्थल एवं पेट्रोलियम पदार्थको विक्री वितरण बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम रहेको बताइएको छ ।

आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन एशोसिएसन विभिन्न दबाब मुलक कार्यक्रम गरिरहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया