Online Bichar
बिहिबार, जेठ १०, २०८१ | Thursday, May 23, 2024

सुनसरी, १४ चैत २०७८ । प्रेस युनियन सुनसरीले प्रदेश १ का २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरेको छ ।

बीमामा लाग्ने कुल रकममध्ये आधा प्रेस युनियन र आधा अजोड इन्स्योरेन्सले व्यहोर्ने युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

युनियन र इन्स्योरेन्सबीच सोमबार बीमासम्बन्धी सम्झौता भएको छ । बीमा गरिएका पत्रकारको सवारी दुर्घटनामा मृत्यु भएमा परिवारलाई सात लाख रुपैयाँ प्रदान गरिने र घाइते भएमा अधिकतम एक लाख रुपैयाँसम्म पाउनेगरी सम्झौता भएको अधिकारीले बताए ।

पत्रकारको दुर्घटना बीमाका लागि युनियनले मिडिया हाउससँग नामावली मागेको थियो ।

 

तपाईको प्रतिक्रिया