Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाण्डौ, ९ चैत २०७८ । आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई र विगत दुई दशकदेखि विद्यार्थीहरूको सिकाइलाई सहज बनाउने काम गर्दै आएको मिदास एजुकेशन प्रालीबीचको सहकार्यमा ‘ई‐लर्निङ’ प्रवर्द्धन अभियान सुरु भएको छ । यो अभियान यही चैत ८ देखि वैशाख ३१ गतेसम्म ५४ दिनका लागि लागू गरिएको छ ।

यस अभियानमा नेपालमा सफलतापूर्वक विदेशबाट आईएमईबाट रकम पठाउँदा भुक्तानी गरिसकेपछि आईएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ । लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिङ्कमा क्लिक गरेर ःष्म्बक भऋीब्क्क् सरलीकरण शिक्षा एप इन्स्टल गर्न सक्नेछन् । एप डाउनलोड गरिसकेपछि प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र त्यही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले निःशुल्क पढ्न पाउनेछन् ।

सरकारी र निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक, शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् । तर ई‐क्लासले पाठअनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनशन र इलुस्ट्रेशनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ । MiDAS eCLASS ःष्म्बक भऋीब्क्क् मा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुँदै जान्छ भन्ने विश्वासका साथ यो अभियान सुरु गरिएको हो ।

 

तपाईको प्रतिक्रिया