Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

सन्तोष विष्ट
झापा, ९ चैत २०७८ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको एक मात्रै गाउँपालिका कमलमा पनि चुनावी चहलपहल सुरु भएको छ। आगामी वैशाख ३० गतेको लागि तय भएको स्थानीय चुनावमा पालिका र वडाहरुमा नेतृत्व हत्याउन आकांक्षा राख्नेहरु यत्रतत्र छन्। यद्यपी आकांक्षीको भीडमा केदार कटुवालको ‘ओजस्वी छवि’ छ।

गत स्थानीय निर्वाचनमा सिंगो पालिकाका वडाहरुमा नेकपा एमालेले ‘क्लीन स्वीप’ गर्दैगर्दा नेपाली कांग्रेसको ‘बीउ’ उनै कटुवालले जोगाएका थिए। कमलको १ नम्बर वडामा लोकप्रिय मत ल्याएर वडाध्यक्ष जितेका उनी अब फेरिएको भूमिकामा देखिन चाहन्छन्। अर्थात केदार कटुवालको अर्जुनदृष्टि पालिकाकै अध्यक्ष पदमा छ।

देशमै कमल यस्तो गाउँपालिका हो, जहाँ अघिल्लो चुनावमा गोलाप्रथाबाट अध्यक्ष चयन गरिएको थियोे। एमाले र कांग्रेसका उम्मेदवारको मत बराबरी भएपछि ‘लक्की ड्र’ मार्फत एमाले उम्मेदवार विजयी भएका थिए।

अध्यक्षरउपाध्यक्षसहित पालिकाका सातमध्ये ६ वडामा एमालेका वडाध्यक्ष, कार्यपालिकामा सोही पार्टीकै प्रचण्ड बहुमत हुँदा कांग्रेसका ‘एक्लो बृहस्पति’ बनेका कटुवाललाई कार्यसम्पादनमा चुनौती नभएको होइन। तर, विघ्न बाधाको सामना गर्दै कार्यकालभरि उनको ‘पर्फर्मेन्स’ सम्झन लायक रहेको स्थानीय गोपाल राई बताउँछन्।

कमलकै दुर्गम वडा मानिन्थ्यो, दक्षिणी भेगको १ नम्बर वडा कटुवाल निर्वाचित भएयता सो वडाले सुगमको बिल्ला भिर्न सकेको छ। पाँच वर्षे कार्यकालमा के-कस्ता परिवर्तन भए त रु भन्ने प्रश्नमा वडाध्यक्ष कटुवाल भन्छन्, ‘यो स्थानीयले महशुस गर्ने कुरा हो। पहिला के थियो, अहिले के भयो। पूर्वाधार निर्माण र सेवा प्रवाहमा हामी कतै चुकेका छैनौं। स्रोतसाधन अनुसारका विकास भएका छन्। लुकाउनु पर्ने केही छैन, सबैले देखेकै छन्।’

कांग्रेसबाट निर्वाचित एक्ला वडाध्यक्ष कटुवाल पदीय हिसाबले पार्टीका कमल गाउँ समितिका उपसभापति पनि हुन्। इच्छा त उनको पालिका अध्यक्षकै उम्मेदवार बन्ने हो। तर, पार्टीले कस्तो जिम्मेवारी दिन्छ, त्यसमै भरपर्ने कटुवालको कथन छ। भन्छन्, ‘म नेपाली कांग्रेसको सिपाही हुँ, पार्टीको निर्णयलाई ‘इग्नोर’ गर्ने भन्ने हुँदैन। तर, पनि मेरो इच्छा र प्रयास गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने नै हो’, उनले थपे, ‘एउटै कक्षा दोहोर्‍याएर नपढौँ भन्ने हो।’

उसैपनि मुलुककै बागडोर सम्हालेको पार्टी नेपाली कांग्रेसमा उम्मेदवारका आकांक्षीको जताततै लर्को छ। पार्टीभित्रका बागीरविद्रोहीको व्यवस्थापन गर्न कम्ता सकस छैन।

कमल कांग्रेसको हकमा सबैलाई मिलाएर लैजाने आफूसंग क्षमता रहेको उनले दाबी गरे। भन्छन्, ‘पार्टीभित्रै नभएर बाहिरपनि सबैसंग सन्तुलित सम्बन्ध राखेरै अघि बढेको छु।’

जनप्रतिनिधि हुनुलाई पद र प्रतिष्ठाको विषय बनाएर चर्चा हुने गरेकोप्रति कटुवाललाई निको लाग्दैन। ‘यो विशुद्ध जनसेवा हो। वडाध्यक्षको कार्यकाल पनि सरल किसिमले बिताएँ’, उनले भने, ‘मलाई पदको तुजुक देखाउनु छैन।’

सामाजिक संघरसंस्थामा पनि उत्तिकै भिजेका ४१ वर्षीय कटुवाल कमलनगर जेसीजका पूर्व अध्यक्ष पनि हुन्। जेसीज आन्दोलनमा यसअघिको उमेर र उर्जा खर्चिएका उनीसंग ‘शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ’ भन्ने तत्वज्ञान नहुने कुरै भएन। उनी भन्छन्, ‘म शासक होइन, सेवक बन्न जनप्रतिनिधि बनेको हुँ। अब पनि सेवक नै बन्ने हो।’

 

तपाईको प्रतिक्रिया