Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

झापा, ८ चैत २०७८ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

आज (मंगलबार) बिहान प्रदेश-१ र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू(भागमा भने मौसम सामान्यतया सफा हुनेछ। प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा भने मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाकोसमेत सम्भावना रहेको छ।

मंगलबार राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया