Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

सिन्धुली, ७ चैत २०७८। सिन्धुलीको मरिण गाउँपालिका-६ का वडाध्यक्ष कुर्साङ लामाको हृदयघातका कारण सोमबार मृत्यु भएको छ । वडा कार्यालयमा कार्यसम्पादनकै क्रममा ४३ वर्षीय लामालाई हृदयघात भएको स्वास्थ्यकर्मीहरूले बताएका थिए ।गाउँपालिका अध्यक्ष पानीराज वम्जनका अनुसार कार्यकक्षमा बेहोस भएर बसिरहेको कुर्सीबाट लडेका लामाको कपिलाकोट स्वास्थ्यचौकीमा पुर्‍याउँदा मृत्यु भएको बताइएको छ ।

वडाध्यक्ष लामा दिउँसो बेहोस भएर ढलेपछि तत्कालै कपिलाकोट स्वास्थ्य चौकीमा पुर्‍याएपछि डाक्टरले मृत घोषणा गरेको अध्यक्ष बम्जनले बताए । वडाध्यक्षको अल्पआयुमै निधनपछि गाउँपालिकाले गहिरो समवेदना व्यक्त गर्दै मंगलबार शोक विदाको निर्णय गरेको छ ।

लामाको पार्थिव शरीर लामा परम्परा अनुसार श्रद्धाञ्जलीका लागि निजी निवासमा राखी सोमबार नै अन्त्यष्टि गरिने अध्यक्ष वम्जनले जानकारी दिए। लामा २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । मृतक लामाको आमा, बुबा श्रीमति र पाँच भाइ छोरा छन् ।

 

तपाईको प्रतिक्रिया