Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झगेन्द्र खड्का
गौरादह, ५ चैत २०७८ । गौरादह-४ स्थित एस आई आर मेमोरियल एकेडेमी बिद्यालयले पुरानो शिक्षण पद्धतिलाई अन्त्य गरि शिक्षण पद्धतिमा सुधार गर्दै बिद्यार्थीहरुमा व्यवहारिक ज्ञान हासिल गर्न अभियान सुरु गरेको छ। पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाईलाई मानव संसाधनको बिकासमा ल्याउन एस आई आर मेमोरियल एकेडेमी गौरादह र प्रशान्त एकेडेमी काठमाडौं बुढानिलकण्ठ बिच सहमति भएको छ।

पढाइ र घोकाइको माध्यमबाट मात्र नभई बिद्यार्थीहरुलाई खोज अनुसन्धान कार्यमा संलग्न गराई दिगो शैक्षिक बिकाश गराउन प्रशान्त एकेडेमीका प्रधानाध्यापक समीर बाँस्तोला र एस आई आर एकेडेमीका प्रबन्ध निर्देशक रोहित कुमार भण्डारी बिच सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमति पत्रमा हस्ताक्षर गर्दै निर्देशक भण्डारीले बिद्यार्थीहरुलाई खोज अनुसन्धानको माध्यमबाट शिक्षण गर्न प्रशान्त एकेडेमी अगाडि बढेकाले गौरादह-४ को एस आई आर एकेडेमीले सहमति जनाएको बताए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

सहमति पत्रमा हस्ताक्षर पछि प्रशान्त एकेडेमीका प्रधानाध्यापक बाँस्तोलाले बिद्यार्थीहरुमा व्यवहारिक ज्ञान हाँसिल गराउदै रोजगारिका अवसर सिर्जना गराउन खोज अनुसन्धान आवस्यक रहेकाले त्यस तर्फ बिद्यालय लागेको बताए। शिकाई शैलीमा परिवर्तन गर्दै एक्टिभिटी सेयर गर्न एस आई आर एकेडेमी ईच्छुक रहेकाले दुबै बिद्यालयले सहमति गरेको जानकारी गराए। सोहि अवसरमा बिद्यालयले गौरादह (४ को डोरामारीमा पिजाफ बहुउद्देश्यीय सहकारी संस्था लि. को उद्घाटन गरेको छ।

गौरादह नगरपालिका वडा नं.४ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मणिन्द्र कार्कीले सहकारी संस्थाको उद्घाटन गरेका छन। बिद्यालय पिजाफ ग्रुप अफ कम्पनीमा दर्ता रहेकाले आर्थिक कारोवारमा सहजताका लागि सहकारी संस्था संचालन गरेको पिजाफ ग्रुप कम्पनीका को अडिनेटर सुमन भट्टराईले जानकारी गराए। गौरादह-४ को डोरामारी बजारमा सहकारी संस्था नभएकाले वित्तिय कारोवार गर्न टाढाका बजार सम्म धाउनु पर्ने बाध्यता रहेको को अडिनेटर भट्टराईले बताए। सहकारी संस्था संचालनमा आएपछि नागरिकलाई बितिय कारोवारमा सहजता हुनुको साथै कृषि सामग्री व्यवस्थापन तथा नागरिकहरुमा आर्थिक उन्नति हुने बिस्वास रहेको कार्यक्रमको सभापति समेत रहेकी बिद्यालय निर्देशक सबिना कडेल भण्डारीले जानकारी गराईन। कार्यक्रममा बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुले नृत्य प्रदर्शन गरेका थिए। बिद्यालयका शिक्षक आशिष् बिमली र दीक्षा बरालले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया