Online Bichar
शनिबार, जेठ १२, २०८१ | Saturday, May 25, 2024

काठमाडौं, ३० फागुन २०७८ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रीत कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो ।त्यसका लागि आवश्यक एजेन्डाहरू तय गर्न मंगलबार ३ बजे पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाइएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

उहाँले पार्टीको सिंगो पंक्तिलाई निर्वाचन केन्द्रीत गराउने काममा लागि पार्टी पोलिटब्यूरो बैठक पनि छिट्टै बोलाउने विषयमा पनि केन्द्रीय कार्यालय बैठकमा छलफल गरिएको बताउनुभयो ।

नेकपा एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ ।

 

तपाईको प्रतिक्रिया