Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

काठमाडौं, २९ फागुन २०७८ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चैत्र ७ गतेभित्र सवारीको भाडा बढाउन सरकारलाई अल्टिमेटम दिएका छन् ।

महासंघले आइतबार पत्रकार सामेलन गरी सार्वजनिक सवारीमा उक्त अवधिभित्र वैैज्ञानिक भाडादर लागू गर्न माग गरेको हो । ९ महिनाभित्र ८ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भैसकेको तर भाडा समायोजन तर्फ भने सरकारले बेवास्ता गरेको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आरोप लगाउनुभयो । राष्ट्रिय ट्रक व्यवसायी महासंघ, ट्याक्सी व्यवसायी संघ र यातायात मजदुर युनियनका प्रतिनिधिहरुले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको घोर भत्सर्ना गरेका छन् । ट्रक व्यवसायिले ७ गते भित्र भाडा समायोजन नभएको खण्डमा आफ्ना सवारी ग्यारेजमा थन्काउने चेतावनी दिएका छन् । महासंघका महासचिव सरोज सिटौलाले ७ गते भित्र सरकारले भाडा समायोजन नगरे ८ गते देखि स्वघोषित भाडा वृद्धि गरेर सवारी चलाउने चेतावनी दिनुभयो ।

भाडा समायोजन बारेमा आफुहरुले पटक पटक मन्त्री र विभागलाई ध्यानाकर्षण गराइसकेको र अब प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने अध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया