Online Bichar
बिहिबार, जेठ १०, २०८१ | Thursday, May 23, 2024

गौरादह, २६ फागुन २०७८ । झापामा एक महिलाको लाश फेला परेको छ । झापाको मेचीनगर नगरपालिका-५ पिपल डाँडा बस्ने ६८ वर्षिया अम्बिका कुँवरको शव मृत अवस्थामा फेला परेको हो ।

बुधबार(हिंजो) अन्दाजी ४ बजेको समयमा घरबाट घाँस काट्न जान्छु भनि हिँडेकोमा साँझ सम्म पनि घर फर्कि नआएकोमा खोज तलास गर्दा सोहि दिन ७ः४५ बजेको समयमा मृतक महिलाको श्रीमान जगत कुँवरले घर देखि २०० मिटर पश्चिम दक्षिणमा रहेको लिलाराज देवकोटाको बाझो खेतमा मृत अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउने बितिकै तत्काल सि.प्र.चौ. नकलबन्दा चौकीबाट प्रहरी नायब निरिक्षकको टोली घट्नास्थल पुगि थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय झापा प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेल र ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट प्रहरी नायब उपरिक्षक सुनिल दाहाल सहितको टोलीको साथै संघिय प्रहरी ईकाई धरान डग शाखाबाट प्रहरी नायब निरिक्षक को कमाण्डमा ५ जनाको टोली र २ वटा कुकुर सहित परिचालन गरिएको जनाएको छ ।

घट्नाको अनुसन्धानको क्रममा मेचीनगर नगरपालिका-५ का २७ वर्षिय रण बहादुर बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ । मृतक लाशको कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि स्वास्थ्य विधिविज्ञान प्रयोगशाला धरान पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया