Online Bichar
बिहिबार, जेठ १०, २०८१ | Thursday, May 23, 2024

गौरादह, २५ फागुन २०७८ । झापाको कमलनगर जेसीजले ११२औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस २०७८ को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक न्याय र लैङिगक समानताः दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित १ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

त्यस अवसरमा सामाजिक न्याय लैङ्गिक समानता र दिगो विकासमा जेसीजको भूमिका विषयमा भएको अन्तरक्रियामा ६५ भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो । कमल-५ पाडाजुङ्गीको रोडस्टार पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थामा आबद्ध, व्यवसायी श्रमिक महिलाहरुले सहभागिता जनाएका थिए ।

नारी आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले सन् १९११ मार्च ८ का दिन महिला कामदार माथिको श्रम शोषण विरुद्धको आवाज उठाएको दिनको सम्झनामा यो दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउन थालिएको हो ।

अन्तरक्रिया कार्यक्रममा सहभागि महिलाहरुले पहिलेको तुलनामा महिला हिंसा केहि कम भएता पनि अहिले पनि महिला र पुरुष बिच भेदभाव रहेको बताएका थिए । दिन प्रतिदिन बलात्कार, लागुपदार्थ, दाइजोका नाममा हिंसात्मक घट्नाहरु घटिरहेकोले कमलनगर जेसीजले गाउँ टोल कुनाकुनामा हिंसा भोगिरहेका महिलाहरुका लागि सचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने बताएका थिए । यस्तै, त्यसअवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा कमल गाउँपालिका कि अध्यक्ष मेनुका काफ्लेले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा श्रमिक महिलाहरुलाई सहभागी गराई उनिहरुको बिचमा समय सान्दर्भिक विषयमा कमलनगर जेसीजले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । यस्तै, समाजलाई रुपान्तरण गर्न आफु नै अघि सर्नुपर्ने बताउँदै कुनै एक महिलामाथि हिंसा भएको थाहा भएमा अर्को महिलाले आवाज उठाउन पछि सर्न नहुने बताउनुभयो ।

यस्तै, गौरादह नगरपालिका कि उपप्रमुख गिता भेटवालले नारी दिवसलाई अबका दिनमा कसरी अगाडी बढाउने सबै पुरुष सरह महिला पनि कसरी अघि बढ्न सकिन्छ त्यसतर्फ जोड दिनुपर्ने बताउनुभयो । अभिभावकहरुले पनि आफ्नो छोरा छोरीलाई समान व्यवहार गर्नुपर्ने लगायतका विषयमा आफ्नो विचारहरु राख्नु भएको थियो ।

यस्तै, कार्यक्रममा दमक नगरपालिका कि उपप्रमुख गिता अधिकारीले महिलाहरुले सर्धै पूर्ण शिक्षा, आर्थिक अधिकार र यो मेरो शरिर हो यसमा मेरो मात्र अधिकार छ भन्ने कुरालाई सधैं ख्याल राख्नुपर्ने बताउनुभयो । यस्तै, मातृशाखा तथा दमक जेसीज वर्ष २०१५ कि अध्यक्ष जेसी रेगिना भट्टराई प्रसाईंले जेसीज भनेको के हो ?  जेसीजको रणनिती, जेसीजले खेल्ने भुमिका लगायतका विषयमा स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका जेसीज वर्ष २०२२ का अध्यक्ष नारायण बस्नेतले कार्यक्रम माथि सहजिकरण गर्नुहुँदै
भोलीका दिनमा कमलनगर जेसीजले महिलाहरुको क्षेत्रमा अझ उत्कृष्ट ढंगबाट कसरी कार्य गर्न सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । जेसी मनिसा कठायतले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सहभागि महिलाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा कमल गाउँपालिका-१ का वडाध्यक्ष कमल कट्वाल, लेखक राम नेपाल, निवर्तमान अध्यक्ष, बोर्डका पदाधिकारी तथा सदस्य, लगायतको उपस्थिति रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया