Online Bichar
सोमबार, बैशाख ०३, २०८१ | Monday, April 15, 2024

झापा, २२ फागुन २०७८ । झापामा वन पैदावार ओसारपसार मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक अनारमनि गाविस-४ हाल अर्जुनधारा नगरपालिका-७ बस्ने २८ वर्षीय गजेन्द्र राई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार झापा जिल्ला अदालतले २०६७ साल फागुन १७ गते गरेको फैसला अनुसार वन पैदावार ओसारपसार मुद्दामा राईलाई एक वर्ष कैद सजाय र २९ हजार ६ सय जरिवाना तोकेको छ । अदालतले गरेको फैसलादेखि नै फरार रहेका उनलाई प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई अदालतको आदेश बमोजिम कैद भुक्तान लागि झापा कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया