Online Bichar
सोमबार, बैशाख ०३, २०८१ | Monday, April 15, 2024

काठमाडौँ, १८ फागुन २०७८ । फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार गत १६ गते बसेको मन्त्रिपरिषद्‍ बैठकबाट बिदा दिइने निर्णय गरिएको थियो । गृह मन्त्रालयबाट जारी सूचनामा लेखिएको छ, ‘वि.सं. २०७८ साल फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ(संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८र११र१६ मा निर्णय भएको हुँदा भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ ग्याल्पो ल्होसार शेर्पा समुदाय तथा बौद्ध धर्मावलम्वीहरूको प्रमुख चाडमध्ये एक हो ।

 

तपाईको प्रतिक्रिया