Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

गौरादह, १६ फागुन २०७८ । झापाबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम माईजोगमाई गाउँपालिका-१ का २३ वर्षिय जोसेफ थापा रहेका छन् ।

उनलाई आईतबार(हिंजो) अन्दाजी ५ः३० को समयमा झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूपदार्थ नियन्त्रण ब्युरो काँकडभिट्टा बाट खटिएको संयुक्त प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागी चेक जाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरीएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई सोहि बेला नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी झापा जिल्ला अदालतको आदेशमा आज ७ दिन म्याद थप गरी कानुनी प्रक्रिया अगाडी बढाइएको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया