Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झापा, १४ फागुन २०७८ । गौरादह-७ का वडाध्यक्ष बलराम खरेल पक्राउ परेका छन् । अध्यक्ष खरेललाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको डिएसपी सन्तोष आचार्यले जानकारी दिए । वडाध्यक्ष खरेललाई तीन दिनअघि पक्राउ गरिएको डिएसपी आचार्यले पुष्टि गरे ।

किर्ते कागजात बनाएर बिर्तामोड पश्चिम बसस्टेण्डको करोडौं मुल्यको जग्गा विक्रिमा वडाध्यक्ष खरेल समेतको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । जग्गा विक्रिमा कागजात किर्ते बनाउन वडाध्यक्ष खरेलले समेत सहयोग गरेको भन्दै अनुसन्धानका लागि पक्राउ गरिएको छ । वडाध्यक्ष खरेलले आफुलाई झुक्याएर कागजातमा हस्ताक्षर गर्न लगाएको दावी गर्दै आएका छन् ।

यस्तै, प्रहरीले मालपोत अधिकृत चेतन अधिकारी समेतलाई पत्र काटेर बोलाएको र त्यसपछि नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरुलाई म्याद थप गरि बयान लिने काम भइरहेको बताइएको छ । बिर्तामोडमा राखेर बयान लिइरहेको प्रहरीको भनाई छ । मालपोतका एक कर्मचारी हरि तिवारी अझै फरार छन् । गत वर्ष सार्वजनिक भएको घटनामा संलग्नहरु केहि कारागारमा छन् भने मुख्य योजनाकारहरु धरौटीमा रिहा भइसकेका छन् । कारागारमा सुशिल बराइली लगायत तीन जना सजाय भुक्तान गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया