काठमाडौं, ११ फागुन २०७८ । प्रतिनिधिसभाको बिहीबार ९भोलि०को बैठकमा एमसीसीबारे सामान्य छलफल हुने भएको छ ।
संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले सार्वजनिक गर्नुभएको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख गरिएको छ । प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुहुनेछ ।
यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन’ पेश गर्ने प्रस्ताव पनि सम्भावित कार्यसूचीमा समावेश छ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि विहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानले जानकारी दिनुभयो ।