Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौं, ११ फागुन २०७८ । न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीशको नाम सिफारिस गरेको छ ।

बुधबार कामु धानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको न्याय परिषद्‌को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीशको नाम सिफारिस गरेको हो । बैठकले विशेष अदालतको अध्यक्षका लागि १ जना र सदस्यका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।

विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश श्रीकान्त पौडेलको नाम सिफारिस भएको छ भने न्यायाधीशहरुमा रमेशकुमार पोखरेल, यमुना भट्टराई, सालिग्राम कोइराला, बलभद्र बास्तोला तथा डा। खुसीप्रसाद थारुको नाम सिफारिस गरेको छ ।

 

तपाईको प्रतिक्रिया