Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, ८ फागुन २०७८ । सत्तागठबन्धनमा सहभागी केही दलका विरोधमा बाबजुद एमसीसी संझौता प्रतिनिधि सभामा टेबुल भएको छ ।

संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको हो ।
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०बीच २०७४ भाद्र २९ गते नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने संझौता भएको थियो ।

सो सम्झौता संघीय संसद् सचिवालयमा दर्ता भएपनि संसदमा टेबुल हुन सकेको थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री रहनुभएका युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै २०७६ असार ३० गते संसद सचिवालयमा दर्ता गराउनुभएको थियो । प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको एमसीसी सम्झौतालाई आईतबार सरकारको तर्फबाट मन्त्री कार्कीले संसद्को बैठकमा प्रस्तुत गर्नु भएको हो । सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका केही सांसदहरुले एमसीसीलाई संसदमा पेश नगर्न सभामुख अग्नीप्रसाद सापकोटासंग आग्रह गरेका थिए । तर त्यसका बावजुद सभामुख सापकोटाले टेबुल गर्न अनुमति दिनुभएको हो ।

त्यस्तै नेकपा एमालेका सांसद भीम रावल,राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि एमसीसी टेबल नगर्न आग्रह गर्नुभएको थियो ।

तत्कालील अर्थमन्त्री कार्कीलेनै एमसीसी संझौता गर्नुभएको थियो । वर्तमान सरकारमा संचारमन्त्री रहनुभएका कार्कीले नै आज टेबुल गर्नुभएको हो । प्रतिनिधिसभा नियमावली, २०७५ को व्यवस्थाअनुसार कार्कीले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्नुभएको हो ।

 

तपाईको प्रतिक्रिया