Online Bichar
सोमबार, माघ २८, २०८१ | Monday, February 10, 2025

गौरादह, ३ फागुन २०७८ । झापामा अवैध रुपमा ल्याइएको ८ लाख रुपैयाँ भन्दा बढीको औषधी प्रहरीले बरामद गरेको छ । सोमबार(हिंजो) राति अन्दाजी ११ः३० बजे झापाको कचनकवल गाउँपालिका वडा नं.१ कुट्टि स्थितबाट ८ लाख ४१ हजार ३ सय ९७ रुपैयाँ बराबरको औषधी बरामद गरिएको हो ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको दुई जना व्यक्तिहरुले साथमा बोरा बोकी शंकास्पद तवरले पैदल हिंडी रहेको अवस्थामा अस्थायी प्रहरी चौकी कुट्टिबाट खटिएको प्रहरी गस्तीको टोली देख्नासाथ उक्त बोराहरु सोही स्थानमा छाडी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको औषधी भन्सार छली अवैध रुपमा चोरी निकाशी गरी ल्याएको हुँदा जिल्ला प्रहरी कार्यालय झापामा ल्याइ राखीएको जनाइएको छ । आवश्यक कारवाहीको लागी सम्बन्धित कार्यालयलाई बुझाउने तयारी भईरहेको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया