Online Bichar
बिहिबार, माघ ०३, २०८१ | Thursday, January 16, 2025

झापा, २ फागुन २०७८ । झापाको भद्रपुरमा मोवाइलको विषयलाई लिएर श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । मोवाइलको विषयमा विवाद हुँदा झापा भद्रपुर लाहुरे चौकका ३४ वर्षीय अमरबहादुर तामाङले श्रीमतीको हत्या गरेका हुन् ।

श्रीमतीले मोवाइल विगारेको भन्दै तामाङले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गरी श्रीमतीको हत्यामा सम्लग्न तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कानूनी कारवाहीका लागि तामाङलाई सीमा प्रहरी कार्यालय पृथ्वीनगरमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया