काठमाडौं, २ फागुन २०७८ । कोरोनाविरुद्धको खोप लगाउन अबदेखि परिचय पत्र आवश्यक नपर्ने सरकारले निर्णय गरेको छ ।
मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयले आइन्दा आइडी कार्ड आवश्यक नपर्ने बताएको हो ।
आइडी कार्ड नभएकैले थुप्रैं नागरिक खोपबाट बञ्चित हुनुपर्ने अवस्था आएको भन्दै मन्त्रालयले यस्तो निर्णय लिइएको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार शुक्रबारको मन्त्रीस्तरीय बैठकले यो निर्णय गरिएको हो । परिचय पत्र नभए पनि योग्य नागरिकले खोप लगाउन पाउने प्रवक्ता अधिकारीको भनाइ छ ।