Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

चितवन, २६ माघ २०७८ । नवलपुरको कावासोतीमा माघ १७ गते राति अटो चालकको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । कावासोती नगरपालिका वडा नं। १३ गैरी घर भएका ५२ वर्षका माधवप्रसाद गिरीको हत्याको आरोपमा कावासोतीकै २० वर्षका पृथ्वी भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार २० वर्षका भुजेल नेपाल भारत सीमाको काँकडभिट्टाबाट बुधवार साँझ पक्राउ परेका हुन् । बिहीबार साँझसम्म पक्राउ परेका अभियुक्त भुजेललाई नवलपुर ल्याइसक्ने प्रहरीले जनाएको छ। भुजेल घटना लगत्तै फरार थिए ।

गिरी र भुजेल घटना भएको दिन राति सँगै बसेर मदिरा पान गरेको र पछि भुजेलले नै गिरीको हत्या गरेको प्रहरीको दाबी छ । गिरीको हत्यापछि फरार रहेका भुजेलविरुद्ध गिरीको परिवारले किटानी जाहेरी समेत दिएको छ । जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नवलपुर प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गर्न सफल भएको स्रोतले बताएको छ । ५२ वर्षका अटो चालक माधवप्रसाद गिरीको हत्या गरी शव घोलको हिलोमा गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा भेटिएको थियो । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया