झापा, २६ माघ २०७८ । झापाका १५ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रले इञ्चार्ज र सह–इञ्चार्ज तोकेको छ । माओवादी केन्द्र प्रदेश नम्बर १ समितिको बैठकले १५ वटै स्थानीय तहमा इञ्चार्ज र सह–इञ्चार्ज तोकेको हो ।
पार्टीको मेचीनगर इञ्चार्जमा पुष्प गुरागाँई र सहइञ्चार्जमा पनिता ढकाललाई जिम्मेवारी दिइएको छ । त्यस्तै वुद्धशान्ति गाउँपालिकामा छत्रबहादुर तिम्सिना र अस्मिताकला लिम्बूलाई इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी दिएको पार्टीले जनाएको छ ।
अर्जुनधारा नगरपालिकामा देवकला प्रसाईले इञ्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै बिर्तामोड नगरपालिकामा युवराज दाहाललाई नेकपा माओवादी केन्द्रले इञ्चार्जको जिम्मेवारी दिएको छ । भद्रपुर नगरपालिकामा नरेश सञ्जेललाई इञ्चार्जको जिम्मेवारी दिएको छ भने सहइञ्चार्जमा पुकार राजवंशी, मेदनी शिवाकोटी र एनपी वनेमलाई जिम्मेवारी दिइएको छ ।
कचनकवल गाउँपालिकामा बुद्ध नेपाल इञ्चार्ज र दलबहादुर तामाङ सहइञ्चार्ज रहेका छन् । हल्दिवारी गाउँपालिकामा राजेन्द्र पोङ्हाङ्गलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ भने बाह्रदशी गाउँपालिकामा देवी ओझाले इञ्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै रणकुमार राजवंशी र गोपाल सुब्बालाई सहइञ्चार्जको जिम्मेवारी दिइएको छ ।
कनकाई नगरपालिकामा गोपल प्रसाईलाई इञ्चार्ज र शारदा प्रसाईलाई सहइञ्चार्जको जिम्मेवारी दिइएको छ । झापा गाउँपालिकामा ज्यावुल हकले इञ्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै शिवसताक्षी नगरपालिकामा एनपी लामिछानेले इञ्चार्जको जिम्मेवारी पाएका हुन् ।
गौरीगञ्ज गाउँपालिकामा विद्यानन्दसिंह राजवंशीले इञ्चार्जको जिम्मेवारी पाएका छन् भने मोहनचन्द्र राजवंशी र नरेन्द्र डाँगीले सहइञ्चार्जको जिम्मेवारी पाएका छन् । गौरादह नगरपालिकामा पुष्प ढकाल र माधव भट्टराईले क्रमशः इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी पाएका छन् ।
कमल गाउँपालिकामा प्रताप सुब्बालाई इञ्चार्जको जिम्मेवारी दिइएको छ भने दमक नगरपालिकामा वुदु गौतमले इञ्चार्जको जिम्मेवारी पाएका छन् । तीर्थ बस्नेतले दमकको सहइञ्चार्जको जिम्मेवारी पाएका छन् । १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा, बिर्तामोड, हल्दिवारी, झापा, शिवसताक्षी र कमल गाउँपालिकामा माओवादी केन्द्रले सहइञ्चार्ज तोक्न सकेको छैन । कतिपय पालिकामा अझै पनि कमिटीले पूर्ण पाउन नसकेको माओवादी केन्द्र श्रोतले जनाएको छ ।