Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

शान्ति सुब्बा
गौरादह, २६ माघ २०७८ । झापाको गौरादहमा ट्रकले किच्दा एक महिलाको मृत्यु भएको छ । गौरादह नगरपालिका-१ गुरुङ चौकमा भएको दुर्घटनामा शिवसताक्षी नगरपालिका-१ बस्ने ५३ वर्षिया हिमा देवी दाहालको मृत्यु भएको हो ।

गौरादह पाडाजुङ्गी सडक-खण्डमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्रदेश १-०१-०१४प३३२६ मोटरसाइकलमा सवार मृतक महिला बाटोमा अचानक लड्दा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१ख २६९८ नं. को धान बोकेको ट्रकले किच्दा घट्ना स्थलमा नै उक्त महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मृतक महिला का श्रीमान ५६ वर्षिय नन्दलाल दाहाल भने सकुशल रहेको बताइएको छ । दुर्घटना गराउने ट्रक बाटो छेउमा पल्टेको थियो । टक र ट्रक चालक गौरादह-१ का ३६ वर्षिय सन्तोस अधिकारी मोटरसाइकल र मोटरसाइकल चालक भने ईलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तपाईको प्रतिक्रिया